सम्पादकीय
पुस्पलाल बि.सी. ।
प्राकृतिक र मानवीय दुबै तथा छुट्टाछुटै कारणवाट सिर्जित जोखिमपूर्ण विपत्तिपूर्ण र तहस–नहसको अवस्था विपद हो ।नेपालमा प्राकृतिक कारणवार हुने विपद्मा परी विभिन्न समयमा धेरै जनधनको क्षति हुने गरेको छ । २०७६ सालमा आयको (कोभिड–१९) कोरना भाइरसले धेरैले ज्यान गुमाउनु पर्यो भने प्रत्येक बर्ष बर्षातको समयमा बाढी, पहिरो र भू–क्षयले धेरै जनधनको क्षति भइरहेको अवस्था छ ।

महामारी जन्य रोग, प्राकृतिक प्रकोप बाढीपहिरोलगायतका विपद्लाई रोकथाम गरी नागरिकको जीऊ धनको रक्षा गर्नु राज्यको दायित्वहो । विशेष गरी अहिले वर्षातको समय चलिरहेको
छ । यस घडीमा राज्यको महत्व भूमिका रहन्छ । सरकारले विपदको पूर्वतयारी गर्नुपर्छ । त्यसमा नागरिकलाई सूचना उपलब्ध गराएर सञ्चार माध्याम मार्फत विपदको समयमा राहात, उद्वार लगातका कार्यमा सरकारको बलियो उपस्थिति हुनुपर्छ । विपदमा परेकालाई पुनः स्थापना लगातका कार्य गर्नुपर्छ । विपद्को प्रकृति र कारण पत्ता लगाई सरकारको तर्फवाट रोकथामका लागि पहल गर्नु आवश्यक छ ।

विपद् चक्रलार्ई राज्यले गम्भरिता पूर्वक लनुपर्दछ । सामान्यतया चैत्र वैशाखमा हावाहुरी र चट्याङले तथा असार श्रावण र भाद्रमा वाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले वितण्डा नै मच्याउने गर्दछ । सम्बन्धित निकाय (संघ, प्रदेश र स्थानीय तह) र गैरसरकारी संघसंस्थाको पहलमा समयमै विपद्का कारण पत्तालगाई रोकथाममा आवश्यक भूमिका खेले नागरिकले साँच्चिकै सिंहदवारको सेवा घरआँगनमा पाएको अनुभूति गर्ने थिए । नागरिकको जीवन रक्षामा महत्त्वपूर्ण सेवा पुग्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0