सम्पादकीय

पुस्पलाल बि. सी. ।

पुरुष व्यक्ति मात्र हुँदैन प्रवृत्ति पनि हुन्छ । किनकि लामो अभ्यासपछि शक्तिआर्जन गरेर स्थापित हुने हुनाले त्यो प्रवृत्ति महिला र पुरुष दुवैमा पनि हुन्छ । पुरुष वा महिला व्यक्ति आफैंमा गलत हुँदैन । उसको धरात अनुसार गलत र सही बन्न पुग्छ । महिलाबाटै धेरै महिला पिडित हुने गरेका छन् । उनीहरूले म पिडित भएँ भन्ने गरेको पाइन्छ । खैर, जिन्दगीको गाडी कच्ची बाटोमा घच्याकघुच्चुक्क गर्दै गुडिरहनु । अकास्मात दुर्घटना घट्नु । जिन्दगी त बाटो छाडेर झनै भिरतिर जानु । भिरतिरको यात्रामा मोडिए पनि यसलाई टर्निङ पोइन्ट नै भनिन्छ ।
महिला अधिकारका बारेमा महिला नै बढी सक्रिय छन् । महिला समस्या एकदमै संवेदनशील र गहन विषय हुन् । हिजोभन्दा आज महिलाले भोग्ने समस्या झनै पेचिला बन्दै गएका छन् । अब नारीवाद महिलाको सरोकारमात्र होइन । पुरुषले पनि आवाज उठाउनुपर्ने अवस्था छ । केही हदसम्म पुरुषहरूले उठाइरहेका पनि छन् । तर, अब नारीवादका प्रसंगहरूलाई नयाँ धाराबाट उठाउन जरुरी छ ।
हिजोका दिनमा नारीवादका प्रसंग पुरुष धरातलबाट उठेका थिए । पुरुषको धरातल के हो ?े महिलाको धरातल के हो ? यो अर्को गम्भीर प्रश्न हो । हाम्रो सामाजिक संरचना पुरुषको शारीरिक बनावट र उसको मनोविज्ञानमा आधारित भएर बनाइएको छ । त्यही स्थापित मान्यतामाथि हामी छौं । अबका प्रसंगहरू महिलाकै धरातलबाट उठ्न आवश्यक छ ।
जस्तै, भाषा, धर्म, संस्कार, कानुन यी सबै विषय पुरुषलाई केन्द्रमा राखेर स्थापित गरिएको थियो पहिले । पछिल्लो समय महिला मैत्री धेरै विषय भइसकेको छ । पहिलेजस्तो महिलाले भोग्नुपर्ने समस्याको अन्त्य नभएपनि धेरै सहज भने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0