काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस (रिस्वत) लिई भ्रष्टाचार गरेको अभियोगमा २ पूर्व मन्त्रीसहित ७ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले बुधवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत ७ जना उपर घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

तत्कालिन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ, पूर्वमन्त्री श्रेष्ठविरुद्ध ७८ लाख, मालपोत कार्यालय, कास्की-पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

त्यस्तै, घरजग्गा व्यवसायी-बिचौलिया सुजन लामा भन्ने सुजनकुमार तामाङविरुद्ध ७८ लाख खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध २५ लाख, यामकुमारी गुरुङविरुद्ध ७८ लाख, तुल्सीराम बुढा मगरविरुद्ध ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0