यो छातिलाई मैदान बारम्बार बनायौ।
मुर्दालाई चढाउने फुलको हार बनायौ
जब सम्म धन थियो नजिक भईन उनी ।
रित्तो हुदा मेरो जीवन तिरस्कार बनायौ ।
सँगै तर्ने बाचा थियो उर्लेको बर्खा भेल ।
छोडेर बिचमा मलाई जँगार बनायौ ।
नत चाहियो खुकुरी नै नत जल्न आगो ।
मलाई मार्न बिस्वास् घातको धार बनायौ ।
अलग अलग बनाई तिम्ले टुक्रा टुक्रा पारी ।
सिङ्गो शरीर थियो मेरो आज चार बनायौ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1