साउन १५, काठमाडाैँ ।, आज साउने पन्ध्र पर्व खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ ।

यसपटक ठिक समयमा बीउ नहुनु र पानी नपुग्नुले किसानले अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

साउन १५ अघि रोपाइँ सकिने पुरानो चलनअनुसार हिलो उतार्न साउने पन्ध्र पर्वको परम्परा चले पनि यसपालि धान रोप्न नपाइँदा किसानले खुसी मनले साउने पन्ध्र मनाउन पाएका छैनन् ।

वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुसीले भन्दा परम्परा थेग्नमात्र साउने पन्ध्र पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ ।

साउने पन्ध्र पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँ चेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0