oppo_2

पुस्पलाल बि.सी.
भाद्र २्२, सुर्खेत । गुरुङ्ग सामुदायिक होमस्टे कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर १ मा अवस्थित छ । गुरुङ्ग समुदायले संचालन गरेको सो होमस्टे पर्यटकको आकर्षण बन्दै गएको छ । २०७७ सालमा संचालन भएको होमस्टे जिल्ला भित्रका र बाहिरका मानिसहरु रोजाइमा पर्न सफल भएको हो ।

स्थानीय कलासँस्कृतिलाई जोगाउने उद्देश्यका साथ होमस्टे संचालन गरिएको गुरुङ्ग सामुदायिक होमस्टेका अध्ययक्ष यादव गुरुङ्ग बताउनुहुन्छ । साथै यसबाट रोजगारी पनि सृजना हुने र स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्य रहेको उहाँले जनाउनुभयो ।

होमस्टेमा सामाजिक संञ्चालनबाट पनि सम्पर्क गरी मान्छेहरु आउने गरेका उहाँको भनाइ छ । देशका ठाउँठाउँबाट समूह बनाइ ग्राहक आउने गरेको अध्यक्ष यादवले बताउनुभयो ।

‘आफ्नो समुदायको पहिचान बचाउन हामीहरुले होमस्टे संचालन गरेका हौँ’, अक्ष्यक्ष गुरुङ्गले भन्नुभयो, ‘पछिल्लो समय स्थानीयको रोजाई हाम्रो होमस्टे छ । कसैले महत्व दिने गरेको र कसैले चासो नदिने गरेको छन् ।’
जिल्ला प्रशासन सुर्खेतमा दर्ता गरी संञ्चालन गरिएको होमस्टेमा ७ सदस्य कार्य समित छ । भने, २ जनाले रोजगारी पाएको छन ।

होमस्टेमा पूर्वी नेपालबाट धेरै मान्छे आउने गरेका अध्यक्ष गुरुङ्ग बताउनुहुन्छ । ग्राहको माग अनुसार साझ ७÷८ बजेको समयमा नृत्य देखाउने र लोकगित, टप्पा, घाटु, नाच संचालन गरिएको छ ।

होमस्टे सञ्चालन गर्दा सम्पूर्ण लगानी आफैँ गरेको अध्यक्षले बताउनुभयो । यस वर्ष भने होमस्टे सञ्चालन सहयोगका लागि वीरेन्द्रनगरपालिकाले २ लाख सहयोग अध्यक्ष गुरुङ्गले उहाँको भनाइ छ ।

होमस्टेबाट महिनामा १ लाखसम्म आम्दानी हुने गरेकको अक्ष्यक्ष गुरुङ्गले बताउनुभयो । होमस्टेको क्षेत्रफल २ कट्टा रहेको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

होमस्टेले गुरुङ्ग समुदायको सांस्कृतिक र ऐतिहासिक सम्पदा दर्शाएको छ । होमस्टेहरूबाट स्थानीय जीवनशैली र परम्पराहरू अनुभव गर्नका लागि पर्यटकले अवसर पाएका छन् ।

होमस्टमा साधारण आवास, स्थानीय भोजन र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरिएको संचाकलले बताएका छन् । पर्यटकले गुरुङ्ग समुदायको परम्परागत खाना, गीत–संगीत, र नृत्यबाट आनन्द अनुभूति गर्ने संचालकको विश्वास छ ।

संचालकका अनुसार होमस्टेमा, गुरुङ्ग समुदायको परम्परा, भेषभूषा, र रीतिरिवाजहरूको झल्को पाइन्छ । स्थानीय संस्कृतिको संरक्षण र प्रवर्धनमा होमस्ट मद्दत गरेको छ । होमस्टबाट जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

गुरुङ्ग सामुदायिक होमस्टे प्रायः २१औं शताब्दीको शुरूवातमा विकसित भएको पाइन्छ । पर्यटन र ग्रामीण विकासको प्रवर्धनसँगै स्थानीय समुदायले पर्यटकलाई आफ्नो सांस्कृतिक र परम्परागत जीवनशैली अनुभव गर्नका लागि होमस्टे स्थापना गर्न थालेका हुन् ।

गुरुङ्ग सामुदायिक होमस्टे एक महत्वपूर्ण पर्यटन आकर्षणको रूपमा स्थान पाएको एभरेष्ट इन्ष्टिच्युटका संचालक प्रेम चन्दले बताउनुभयो । होमस्टेले स्थानीय अर्थतन्त्रमासमेत योगदान पु¥याएको उहाँले जानकारी दिनुभयो । पर्यटकहरूको लागि नयाँ अनुभव र गतिविधिहरू यस होमस्टबाट प्रदान गरेको दावी गरिएको छ ।

होमस्टबाट स्थानीय युवाहरूसँग तालिम र विकासको अवसरहरू हुने बताइएको छ । आधुनिकता र सांस्कृतिक परिवर्तनले परम्परागत जीवनशैलीमा असरपारेको भने छ । आधारभूत पूर्वाधार र सेवाको कमीले पर्यटनको अनुभवलाई प्रभावित हुने जनाकारहरु बताउँछन् ।

पर्यटनको वृद्धिले वातावरणीय प्रभाव निम्त्याउनेप्रति संचालक जनाकार हुनु आवश्यक वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दिनेश खोत्रीले बताउनुभयाे । व्यवस्थापन र प्रमोट गर्ने प्रक्रियामा पेशेवर तालिम र समर्थनको अभाव देखिनसक्ने उहाँ बताउनुहुन्छ ।

गुरुङ्ग सामुदायिक होमस्टेले सांस्कृतिक सम्पदा र पर्यटनको संयोजनमार्फत स्थानीय जीवनशैलीलाई प्रवर्धन गर्न र आर्थिक अवसरहरू सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0