पुस्पलाल बि.सी.
भाद्र २१, सुर्खेत । यस जिल्लाको सदरमुकाम विरेन्द्रनगर नगरपालिका वडा न.०६ स्थित मंगलगढी चोकबाट सोहि नगरपपालिका वडा नं. ९ लाटिकोइलि स्थित पर्यटकिय स्थलको रुपमा रहेको काँक्रेबिहारको शिव मन्दीर सम्मको करिव साढे २४ किलोमिटर लम्वाई निर्माणाधिन कच्ची सडक खण्ड विस्तार तथा स्तरोन्नतीको काम निर्माण कम्पनिले अलपत्र पारेपछि कर्णालि प्रदेशको पूर्वाधार विकास निर्देंशनालयले निमार्ण कम्पनीबाट पेश्की वापत भुक्तानि गरेको रकम फिर्ता लिएकोछ।

मिति २०७८।०८।१४ गते अमर सिस्ने नेपाल मेघा जेभि नेपालगञ्ज र पूर्वाधार विकास निर्देंशनालय बिच सम्झौत
भएको थियो, जसमा २०८०।३।१५ गते सम्म काम गरि सक्नु पर्ने सम्झौतमा उलेख गरेपनि कम्पिनिले सयममा काम गर्ने
नसकेपछि पहिलो पटक व्याद थपेर २०८० साल असार १५ गते भित्र सम्पन्न गर्ने गरि १२ करोड ७६ लाख १५हजार
४सय ४ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण सम्पन्न गर्नुपर्ने समय वितेको करिब ७ महिना भइसक्दा समेत उक्त सडक निमार्णको काम हालसम्म सम्पन्न नभए पछि पटक पटक गरि निर्माण कम्पनिलाई २५ लाख रुपैयाँ दिएको पेसकि वाफतको २५ लाख रुपैयाँ र ८७ लाख रुपैयाँ बैंक धरौटि वाफत चेतावनी स्वरुप निर्माण कम्पनिबाट भौतिक पूर्वाधार विकास निर्देंशनालयले फिर्ता लिएको भौतिक पूर्वाधार विकास निर्देंशनालका कर्मचारि प्रेमचन्द्र पाण्डेले जानकारि दिनुभयो छ ।

आगमी दिनमा उक्त निमार्ण कम्पनीले सो सडक खण्ड निर्माणको काम गर्न चासो देखाएमा म्याद थप गरि सम्झौतालाई निरन्तरता दिने अन्यथा निर्माण कम्पनीसँगको ठेक्का समझौता रद्द गर्नकोलागि निर्देशनालयले आवश्यक प्रकृया अगाडि बढाउने तयारि गरिरहेको बुझिएको छ ।

उक्त सडकको निर्धारित समय भित्र विस्तार तथा स्तरोन्नतीको काम हुन नसकेपछि केहि समय अघि स्थानियहरुले विरोध गरेका थिए । उक्त कुराको चौतर्फि बिरोध भए पछि केहिसमय कालोपत्रेको लागि ग्राबिल पेल्ने काम १४ सय मिटर लम्वाई काम शुरु गरेता पनि सोचेअनुशारको काम नभएको कार्यालयका कर्मचारि पे्रमचन्द पाण्डे बताउनु हुन्छ । उक्त काममा पुनः ढिलासुस्ती भएको भनि स्थानिय नागरिकहरुले फेरि पनि सामाजिक संजाल मार्फत बिरोध र गुनासो पोख्न सुरु गरेको पाईएको छ ।

यसरि सडक निर्माण कार्यमा ढिलासुस्ती हुँदा घाम लाग्दा सडकमा धुलो धुवाँ उड्ने र पानि पर्दा हिलाम्मे हुने हुनाले सडक आसपासको क्षेत्रमा वातावरण प्रदुषण भएको र सवारि साधन तथा पैदल यात्रुहरुलाई आवतजावतमा समस्या आएको भन्दै स्थानिय नागरिकहरु द्धट विकास खवर २०८१ आक्रोशित भई विगतमा पटक पटक सडक अवरुद्ध समेत गर्ने गरेका साथै ग्राभिल सडकमा खाल्डा खुल्डी रहेका र ठुला गाडि आउँदा उडेको धुलोले सडकनै नदेखिने अवस्था सृजना हुने भएकाले सवारि दुर्घटनाको समेत जोखिम रहेको छ ।

विगतका दिनहरुमा स्थानीयहरुले पटक पटक सो सडकमा टायर वालेर विरोध जन्य गतिविधिहरु गदैं आइरहेका र केहि दिन यता सामाजिक सञ्जाल मार्फत विरोध एवं गुनासोहरु गदै आइरहेको पाइएकोले समयमै काम सम्पन्न नभएको अवस्थाम पुनः सोहि प्रकारका विरोधजन्य गतिविधिहरु हुन सक्ने ।

साथै उक्त निमार्ण कम्पनीले काम गर्न चासो नदेखाएको खण्डमा ठेक्का सम्झौता रद्द गरेको अवस्थामा पुनः टेण्डर आहान गरि काम गर्नुपर्ने अवस्था आएमा उक्त सडक निर्माणको काम थप समय लम्विने सम्भावना रहेको जसबाटबाट स्थानियहरु थप आक्रोशित भई विरोधजन्य गतिविधिहरु गर्न सक्ने देखिन्छ ।
निर्माण कम्पनिलाई सम्बन्धीत निकायले निर्देशन गरि यथाशिघ्र कार्य सम्पन्न गर्नुपर्ने ।

उक्त निर्माण कम्पनिसँगको ठेक्कासम्झौता रद्द गर्नु भन्दा आवश्यक समन्वय गरि सोहि कम्पनि मार्फत निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्ने आवश्यक पहल गर्नुपर्ने जरुरि देखिन्छ । केहि केहि ठाउँमा सडक खण्डमा निजी मान्छेहरुको घर र जग्गा भएको केहि अवरोध हुन सक्ने र निमार्ण कम्पनिले काम गर्ने इच्छा देखाएमा तेस्ता समस्याहरु भौतिक पूर्वाधार विकास निर्देंशनालले समाधान गर्ने र ०८० फागुन १४ गतेको नेपाल सरकारको मन्त्रीपरिपद्को निर्णयले म्याद थपने निर्णय गरेकाले कार्यालय धारमा भएको निर्णय लिन नै ग्राहो भएको भौतिक पूर्वाधार विकास निर्देंशनालल कर्मचारि प्रेमचन्द्र पाण्डेले जानकारि दिनु भयो ।

जरिवान गराएर पूर्ण तेहि कम्पनिलाई काममा लगाउने कि अरु नै विकलप सोचने भन्ने बिषयमा कार्यलय दोधारमा रहेको कार्यलयका कर्मचारि प्रेमचन्द्र पाण्डले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0