सम्पादकीय

पुष्पलाल बि.सी. ।

विगतका केही वर्षदेखि खानेपानी हाहाकार देशका विभिन्न ठाउँमा हुने गरेको छ । सहरी तथा ग्रामीण वस्तीहरुमा खोनपानीको निकै हैरानी हुने क्रम बढीरहेको छ । खानेपानी नपाएर नागरिक काकाकुल नै हुने अवस्थाको सृजना भएको छ । पछिल्लो समय पानीको मुहान सुकिरहेका छन् । जसका कारण पानीको हाहाकार मच्चिने क्रम बढीरहेको छ । जलवायु परिवर्तन र मानवीय गतिविधिले गर्दा पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामै असर हुने गरेको छ ।

लगभग २० वर्ष पहिले गाउँमा प्रशस्त खानेपानीका मुहान हुन्थे । तीनी मुहान आजभोलि सुक्दै गएका छन् । जसले गर्दा खानेपानीको अभाव भइरहेको हो । पहिले पानीका मूल प्रशस्तै हुन्थे । वनजङ्गलभरि मूल फुटेका हुन्थे । पछिल्ला दिनमा मूल हराउन थालेका छन् । जनावरलाईसमेत वनजङ्गलमा खानका लागि पानीको अभाव भइरहेको छ । खानेपानीका मुहान भेटिन छाडेका छन् । भएका पानीका मुहान पनि संरक्षण नहँुदा बर्सेनि पानीको हाहाकार भइरहेको छ । मानवीय हस्तक्षेपले पनि पानीका मुहान सुकेको हुन् । जथाभाबी निर्माण गरिएका सडक तथा पानी मुहान आसपासमा रुख कटान आदिले पानी मुहान सुकेको हुन् ।

पानीका मुहानको खोजी हुनु आवश्यक छ । हराउँदै गएका पानीका स्रोत संरक्षण गर्न र प्रकृति वरपरको मुहानलाई बचाउन लागि पर्नु जरुरी हो । पानीका स्रोत बढाउन पानीपोखरी बनाई वृक्षरोपण गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0