धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० बराबरमा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८३ दशमलव २० मा सीमित भएको छ । कूल दुई सय १९ कम्पनीको १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर रु ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार तीन कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । जलविद्युत् शुन्य दशमलब ९४, अन्य सात दशमलव २५ र लघुवित्त शुन्य दशमलव ४७ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ एक दशमलव ७६, व्यापार शुन्य दशमलव ४४, होटल तथा पर्यटन सात दशमलव ५९, विकास बैंक नौ दशमलव ६४, वित्त पाँच दशमलव एक, निर्जीवन बीमा ३१ दशमलव शुन्य एक, उत्पादन २२ दशमलव ९३, जीवन बीमा पाँच दशमलव ६८, सामूहिक लगानी कोष शुन्य दशमलव शुन्य दुई र लगानी शुन्य दशमलव १६ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब २६ अर्ब ६४ करोड छ लाख २४ हजार तीन सय ५८ बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0