केन्याविरुद्धको तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा नेपालले दुई सय ५६ रनकाे लक्ष्य पाएको छ ।

नैराेबीमा टस जितेर पहिले ब्याटिङ गरेकाे केन्याले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर दुई सय ५५ रन बनायाे ।
केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन तथा लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै सुखदिप सिंहले ३७ इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाए ।

नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट तथा वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।
तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0