धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य आठ अङ्कमा पुगेको छ ।

कूल २२० कम्पनीको ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर रु दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । बैंकिङ सात दशमलव ९३, व्यापार २३ दशमलव ७४, होटल तथा पर्यटन १६ दशमलव १२, विकास बैंक एक सय १७, जलविद्युत् ७० दशमलव ७७, वित्त ५३ दशमलव ९३, निर्जीवन बीमा ५७ दशमलव ५६, उत्पादन ५३ दशमलव दुई, अन्य ३५ दशमलव ७३, लघुवित्त ६१ दशमलव ५६, जीवन बीमा ५२ दशमलब ३१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य छ र लगानी शून्य दशमलब ९७ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार नौ सय २४ बराबर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0