सुर्खेत । शुक्रवार ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जना युवाको परिवारलाई ट्रष्ट एजुकेशन सेन्टर सुर्खेतले आर्थिक सहयोग गर्ने भएको छ ।

ट्रष्ट एजुकेशन सेन्टरले पीडित परिवारलाई तत्काल राहत होस् भनेर प्रति परिवार रु.१५ हजार सहयोग गर्ने बताएको हो ।
प्रदर्शनमा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए ।
सेन्टरका निर्देशक हरि कँडेलले दैलेखका युवा सुजनकी बहिनी झरना रावतको खातामा १५ हजार जम्मा गरिसकेको र अछामका युवाका परिवारसंग सम्पर्क गर्न खोजिरहेको र सम्पर्कमा आउनवित्तिकै सो रकम खातामा जम्मा गरिदिने बताए ।
इपिएस कोरिया भाषाको फारम भर्ने विषयलाई लिएर युवाहरु आन्दोलनमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
10
+1
2
+1
0
+1
0