सुर्खेत । सुर्खेत मासु व्यवसायी संघले खसीको मासुको मूल्य बढाएकाे छ । सुर्खेतमा प्रतिकेजी ९०० मा किनबेच हुने गरेकाे थियाे । खसीबोकाको मासुको मूल्य बढाएर १००० पु¥याइएको जानकारी दिएकाे हाे ।
मूल्य मंसिर १ गते (शनिबार) बाट लागू हुने मासुकाे मुल्य बढेकाे हाे । संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनु परेको बताए । मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रति केजीमा १०० बढाइएको उनले बताए।
‘जिउँदो खसीबोका प्रतिकेजी ५८० सम्म खरिद गर्नुपरेको छ,’ वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, ‘खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन ।’
कर्णालीकै कालिकोटमा १ हजार र जुम्लामा ११ सय रुपैयाँमा प्रतिकेजी मासु विक्री गर्न थालेपछि आफुहरु समेत मूल्य समायोजन गर्न बाध्य भएकाे थापाले बताए।