पुस्पलाल वि.सी. ।
साउन, २ सुर्खेत । राष्ट्रिय बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख तथा उप निर्देशक पदमप्रसाद सोडारीले आम नागरिकमा बीमाको महत्व र आवश्यकताको बोध गराउन पत्रकारको ठुलो भुमिका रहने भएकाले सहकार्यको अपेक्षा गरेको बताए ।

मंगलबार कर्णाली प्रदेशस्थित पत्रकारहरुसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमा कर्णालीमा विस्तारै बीमा सम्बन्धी ज्ञानको पहँुच बढ्दै गएपनि सन्तोषजनक भने नरहेको उनले बतएका हुन् ।

बीमाको पहुँच विस्तारमा आवश्यक सहजिकरण, बीमा सचेतनामा सकारात्मक प्रभाव, बीमाको विश्वस्वनियता बृद्धिमा पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
यस्तै, बीमा क्षेत्रमा देखिएका समस्या एवं तिको समाधानका लागि पनि पत्रकारहरुको रचनात्मक भुमिका रहने उनले बताए ।

आगामी दिनहरुमा बीमा सम्बन्धी कानुनी व्यवस्थाको सुधार गर्दै नियमनको पाटोलाई बलियो बनाउँदै लैजाने उनको भनाई छ ।

बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा, महासचिव खगेन्द्र भट्टाराई, सचिब दिपक बुढा र नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललगायत सुर्खेतस्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा कर्णालीलाई बेस बनाई सुर्खेतमा सञ्चालित विभिन्न जीवन र निर्जिवन बीमा कम्पनीका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0