नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डसँग हार बेहोरेको छ।

थाइल्यान्डको घरेलु मैदान चोनबरीमा भएको खेलमा नेपालले थाइल्याण्डसँग २-० को हार बेहोरेको हो ।
पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा २ गोल खाएको हो ।
फिलिप रोलरले खेलको ७८ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएको थिए । त्यस्तै ८९ औं मिनेटमा चाओवाट विराचार्टले गोल गरेपछि थाइल्यान्डले २-० को जित सुनिश्चित गरेको हो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणका खेल खेल्नु अघि नेपालले थाइल्याण्डसँग खेलेको हो ।

यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि आइतबार मैत्रीपूर्ण खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0