सुर्खेत, १९ असोज । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले मुख्यन्यायधिवक्ता जोशीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६० बमोजिम जोशीलाई मुख्यन्यायधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा नियुक्त मुख्यन्यायधिवक्ता जोशी दैलेखको नारायण नगरपालिका-१ निवासी हुनुहुन्छ । नेपाल ल क्याम्पसबाट कानुनमा विसं २०५४ मा बिएल (स्नातक) र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा विसंं २०५९ मा एमए (स्नातकोत्तर) उत्तीर्ण गर्नुभएका जोशीले २५ वर्षदेखि अनवरत कानुन व्यवसायीका रूपमा काम गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0