तिर्थ बहादुर थापा ।
साउन ११, सुर्खेत। जन्मदिनलाई केवल शुभकामना आदानप्रदान र उत्सवमा सीमित नराखी भविष्यको आर्थिक सुरक्षासँग जोड्दै कृष्णकला जैसी (कमला तिवारी) ले जीवन बीमा पोलिसी खरिद गरेकी छन् । उनले यो निर्णय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्सालको निरन्तर प्रेरणा, व्यावसायिक परामर्श र वित्तीय मार्गदर्शनका कारण सम्भव भएको बताएकी छन् ।
कृष्णकलाका अनुसार सुरुमा जीवन बीमाप्रति आफूमा स्पष्ट धारणा थिएन । तर, एजेन्सी म्यानेजर लम्सालले जीवन बीमाको आवश्यकता, आर्थिक जोखिम व्यवस्थापन, नियमित बचत, भविष्यको वित्तीय योजना तथा परिवारको सुरक्षाबारे विस्तारमा जानकारी दिएपछि उनको सोचमा परिवर्तन आएको हो ।

सिटजिन लाइफ इन्स्योरेन्सको सिटिजन शुभारम्भ बीमा योजना खरिद गरेर कृष्णकलाले भनिन्, “लक्ष्मी प्रसाद लम्साल सरले मलाई जीवन बीमाको वास्तविक अर्थ बुझाइदिनुभयो । उहाँले बीमा भनेको मृत्युपछिको सुविधा मात्र होइन, जीवित रहँदा आर्थिक अनुशासन, बचत गर्ने बानी, भविष्यको योजना र परिवारको सुरक्षाको आधार हो भन्ने कुरा सिकाउनुभयो ।
उहाँ मेरो लागि एजेन्सी म्यानेजर मात्र होइन, एक असल फाइनान्सियल गाइड हुनुहुन्छ । उहाँको मार्गदर्शनले मेरो जीवनप्रतिको सोच नै परिवर्तन गरिदियो। म उहाँलाई अत्यन्त सम्मान गर्छु ।”
उनले भनिन्, “आर्थिक रूपमा बलियो बन्न र भविष्यमा परिवारलाई कुनै आर्थिक संकट नहोस् भन्ने उद्देश्यले मैले जन्मदिनकै दिन जीवन बीमा गर्ने निर्णय लिएँ । मेरो आग्रह छ, हरेक व्यक्तिले जीवनको कुनै विशेष अवसरलाई भविष्य सुरक्षित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ ।”

‘मेरो जीवनमा उहाँ भगवानसरह प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ’, उनले भनिन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्सालले जीवन बीमा अभियानलाई व्यवसायभन्दा पनि सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउँदै आएको बताए ।
उनले भने, “हाम्रो उद्देश्य पोलिसी बिक्री गर्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई वित्तीय रूपमा सचेत बनाउनु हो। सही समयमा गरिएको जीवन बीमाले परिवारलाई आर्थिक सुरक्षा, मानसिक आत्मविश्वास र भविष्यप्रतिको भरोसा प्रदान गर्छ। त्यसैले हरेक नागरिकले आफ्नो आम्दानी सुरु गरेसँगै जीवन बीमालाई वित्तीय योजनाको पहिलो प्राथमिकतामा राख्नुपर्छ।“
उनका अनुसार पछिल्ला वर्षहरूमा आफूले सयौं परिवारलाई जीवन बीमाको महत्व बुझाउँदै दीर्घकालीन वित्तीय योजना बनाउन सहजीकरण गर्दै आएको बताए । “बीमा गर्ने व्यक्ति मात्र होइन, उसका आश्रित परिवार पनि सुरक्षित हुन्छन्। यही सोचका साथ हामी घरघरमा पुगेर बीमा सचेतना फैलाइरहेका छौँ,“ उनले भने ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेतका शाखा प्रमुख नम बहादुर खड्काले एजेन्सी म्यानेजर लम्सालको कार्यशैलीको प्रशंसा गर्दै भने, “लक्ष्मी प्रसाद लम्सालले ग्राहकलाई पोलिसी बिक्री गरेर मात्र सम्बन्ध समाप्त गर्नुहुन्न । उहाँले वित्तीय परामर्श, सेवा र दाबी प्रक्रियासम्म निरन्तर साथ दिँदै विश्वासको सम्बन्ध निर्माण गर्नुभएको छ । उहाँजस्ता सक्रिय एजेन्सी म्यानेजरका कारण समाजमा जीवन बीमाप्रतिको विश्वास बढ्दै गएको छ ।”
कृष्णकलाको जन्मदिनमा गरिएको जीवन बीमाले व्यक्तिगत उत्सवलाई आर्थिक सुरक्षाको अभियानसँग जोडेको छ । बीमा सचेतना अभिवृद्धिमा एजेन्सी म्यानेजर लक्ष्मी प्रसाद लम्सालले खेलेको भूमिकाले समयमै सही परामर्श पाए व्यक्तिको वित्तीय सोच र भविष्य दुवै सकारात्मक रूपमा परिवर्तन हुन सक्ने सन्देश दिएको छ ।


























