काठमाडौँ, २ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ ।
अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आइतबारदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर ३१, डिजेलमा प्रतिलिटर ५४ तथा खाना पकाउने एलपि ग्यासमा २१६ वृद्धि गरिएको छ ।

सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १८८, डिजेल १९६ र एलपि ग्यास प्रति सिलिन्डर दुई हजार १२६ रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0