काठमाडाैँ । सरोकारवालाले मौसमजन्य बहुप्रकोपीय जोखिम न्यूनीकरणमा सबैका लागि पूर्वसूचना आवश्यक रहेकामा जोड दिएका छन् ।

बुधबार जल तथा मौसम विज्ञान विभाग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) ले ‘सबैका लागि पूर्वसूचना प्रणाली’ पिलर–२ अन्तर्गत अवलोकन तथा पूर्वानुमानमा केन्द्रित अन्तर विश्लेषण परामर्श कार्यशाला गरेको थियो ।

सो कार्यशालाको उद्घाटन सत्रका सहभागीले पछिल्लो समय मौसमजन्य विपद् बढिरहेकाले क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली आवश्यक रहेको बताएका हुन् ।

विभागका महानिर्देशक कमलराम जोशीले नेपालजस्तो जटिल भौगोलिक क्षेत्र भएको मुलुकमा जलवायु परिवर्तन र यसका असरले सिर्जित जल तथा मौसमसम्बन्धी बहुप्रकोपको जोखिम बढिरहेको अवस्थामा पूर्वसूचना आवश्यक रहेको बताउनुभयो । “हामीले प्रत्येक वर्ष जल तथा मौसमजन्य प्रकोपका चुनौतीको सामना गर्नुपरेको छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता प्रकोपबाट हुनसक्ने मानवीय र आर्थिक क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली आवश्यक छ ।”

विभागकै उपमहानिर्देशक सुमनकुमार रेग्मीले कार्यशालाले समयमै र भरपर्दो सूचना उपलब्ध गराएर पूर्वसूचनालाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन कुमार बमले समयमै प्राप्त हुने भरपर्दो पूर्वसूचना प्रणालीले प्राकृतिक विपद्को प्रभाव न्यूनीकरण गर्न मात्र नभइ समुदायको जीवन र जीविकोपार्जनको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0