सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१६, सानिलेखस्थित श्री बिश्वकाली आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४८ जना विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।
शनिबार एक कार्यक्रमकाबिच बि.न.पा–१६ का सक्रिय युवा समाजसेवी धर्मराज लामिछानेको व्यक्तिगत पहल र आर्थिक स्रोतबाट विद्यार्थीहरूलाई पोशाक वितरण गरिएकाे हाे ।
पोशाक वितरणको घोषणा यसअघि मिति २०८२ साल बैशाख १६ गते, उहाँकै जन्मदिनको अवसरमा सार्वजनिक रूपमा गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाप्रसाद लामिछाने, शिक्षक–अभिभावक सङ्घ अध्यक्ष बुद्धिप्रसाद ज्ञावली, विद्यालयका निमित्त प्रधानाध्यापक चतुर्भुज शाही, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थीका अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाप्रसाद लामिछानेले भन्नुभयो, “समाजसेवामा युवाको अग्रसरता सधैं प्रेरणादायी हुन्छ। धर्मराज लामिछानेजस्तो व्यक्तित्वहरूले गरेका कामले विद्यालय र समाज दुवैलाई ऊर्जा मिल्छ।”
त्यसैगरी, शिक्षक–अभिभावक सङ्घ अध्यक्ष बुद्धिप्रसाद ज्ञावलीले भन्नुभयो, “आजको दिन शिक्षाको क्षेत्रमा योगदान दिइएको ऐतिहासिक क्षण हो। यसले विद्यार्थीहरूलाई आत्मबल बढाउनेछ।”
निमित्त प्रधानाध्यापक चतुर्भुज शाहीले कार्यक्रमको प्रमुख उद्देश्यलाई उजागर गर्दै भने,“विद्यार्थीहरूका लागि पोशाक मात्र होइन, उहाँको यो सहयोग प्रेरणा, आत्मविश्वास र लगनशीलताको प्रतीक हो।”
कार्यक्रमका अन्य वक्ताहरूले पनि धर्मराज लामिछानेको सामाजिक योगदानप्रति कृतज्ञता व्यक्त गर्दै जन्मदिनको अवसरमा यस्ता सकारात्मक क्रियाकलापले समाज रूपान्तरणमा थप योगदान पुर्यािउने उल्लेख गरे।
धर्मराज लामिछाने यसअघि पनि विविध सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । हावाहुरीले क्षति पुर्या एको श्री सरस्वती प्राथमिक विद्यालयको छाना मर्मत, भिउचुलादेखि सुर्खेतसम्म पहिरोले अवरुद्ध भएको बाटो खुलाउने अभियान, स्थानीय युवाहरूलाई समन्वय गर्दै डोजर व्यवस्थापन, तथा आकस्मिक अवस्थाका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री—जस्तै स्टेचर—वितरण कार्यहरू उहाँकै पहलमा सम्पन्न भएका हुन्।
