सुर्खेत । वीरेन्द्रनगरको बाँगेसीमल नजिक कर्णाली राजमार्गमा बिहीबार दिउँसाे कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरकाे फोर्स गाडी दुर्घटनामा परेकाे छ ।
दैलेखको दुल्लुबाट सुर्खेत आउँदै गरेकाे गाडी वीरेन्द्रनगर स्थित बाँगेसीमल प्रहरी चाैकीबाट एक किलाेमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये ८ जनाकाे प्रदेश अस्पताल, ५ जनाकाे माया नर्सिङ हाेम र ३ जनाकाे कर्णाली केयरमा उपचार भइरहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले बताउनुभयाे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार फाेर्स गाडी सडकदेखि १२ मिटर तल खसेकाे छ । घाइतेहरूकाे अवस्था सामान्य रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
