काठमाडाैँ । काठमाडौँ आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । विहिवार राति सिन्धुपाल्चोक नजिक केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले सातै प्रदेशमा भूकम्पको धक्का महसुस भएको बताउनु भएको छ । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
