मछिन्द्र फुटबल क्लबलाई हराउदै झापा ११ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा झापा ११ ले मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
झापालाई जित दिलाउन खेलको २९औँ मिनेटमा बबिन बोहोराले गरे । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । शुक्रबार हुने पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0