पुस्पलाल बि.सी
भाद्र २९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३ माझगाउमाँ समता कृषि पशुपंक्षी तथा मत्स्य विकास फर्म संचालनमा छ ।
वि संं.२०७६ सालबाट घरेलु कार्यालयमा दर्ता गरी उक्त फर्म सुरु भएको हो ।

सो फर्म २९ कप्ठा क्षेत्रफलमा स्थानीय युवा कृषक प्रदिप खड्काले स्वास्थ्य, घरपरिवारलाई विसादीमुक्त तरकारी फलफूल माछमासु उत्पादन, बिक्रीका साथै रोजगारी सिर्जनाको गर्ने उद्देश्यका साथ खाेल्नु भएकाे हाे ।

फर्म सञ्चालन गर्दा बाटोघाटो, बत्ती र दक्ष जनशक्ती अभाव भोक्नु परेको संञ्चालक प्रदिप खड्काले बतानुभयो । फर्ममा माछा, बाखा, हाँस, कुखुरा, बँगुर, तरकारी र फलफूल उत्पादन तथा बिक्री गर्ने गरेको खड्काले जानकारी दिनुभयो ।

फर्ममा पाँच वटा तालमा दुई हजार भुरा माछा, २० वटा बाख्रा, एक सय ५० कुखुरा र १० वटा बुँगुर रहेको उहाँ बताउनुहन्छ ।
फर्ममा हाल अस्थाई २ जना कामदार रहेको र मासिक २० हजार तलव दिने गरिएकोसंञ्चालक खड्काले बताउनुभयो ।

बजारको अवस्था राम्रो नभएकल्रे मुल्य पनि स्थीर नभएको उत्पादन गरेका वस्तुहरु पनि बिक्री गर्ने समस्याहरु रहेकाे र बजारको अवस्था धेरै कमजोर भएको उहाँले जनाकारी दिनुभयो ।

उपकरणहरु र विउ बिजनहरु वडा कार्यालयवाट ५० प्रतिश अनुदानमा पाएपनि सोचे अनुसारको सरकार र अन्य निकायहरुबाट सहयोग पाउन नसकेको र्फम उहाँको दुखेसोे छ ।

प्रविधि र उपकरणहरुसँग फर्मलाई जोडन नसकिएको खड्काले बताउनुभयो । स्वदेशमा नै केही गरौँ भन्ने सोचले फर्म संचालन गरेको भएपनि टिक्न र बिक्न नै कठिन रहेको उहाँले बताउनुभयो ।

जेनतेन उत्पादन गरेपनि उपयुक्त मुल्य नपाउनु, बेच्न समस्या हुनु, अनुदानमा सरकारले खासै महत्त्व नदिनाले फर्म संचालनमा कठिनाई आएको उहाँले बताउनुभयो ।

उत्पादन भएका मालवस्तुको बजारीकरणमा सरकारले सहजीकरण गरेको भए राहत महसुस हुने उहाँले बताउनुभयो । उद्यम गर्नेलाई समय-समयमा आवश्यक तालिम र उपकरण पनि सरकारले गर्नुपर्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय विदेशिने युवाहरु रहर नभएको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा केही गर्न नसकिने अवस्था पनि सृजना भएको उहाँ दुखेसो गनर््ुहुन्छ । केही गर्दा पनि नेपालमा सरकारी निकायले वेवास्ता गरेकोले उद्यम गर्न अप्ठ्यारो भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0