विष्णु सापकाेटा ।
कार्तिक २७, सुर्खेत । आगामी स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सिम्तामा पनि सबै राजनीतिक दलहरू र आकांक्षीहरूको सक्रियता बढेको छ। यसपटक नयाँ युवाहरूको नेतृत्व सिम्ताली जनताहरूले खोजिरहेका छन्।
सिम्ताको सार्वजनिक स्थलहरूमा राजनीतिक बहस हुँदा विभिन्न राजनीतिक दलहरूको विषयमा कसले टिकट पाउला कसले चुनाव जित्ला भन्ने बहसमा मोहन राणाको पहिलो नम्बरमा नाम आउने गरेको छ ।
रातदिन नभनेर जनताको सेवामा खट्ने राणा जस्तो युवा सिम्ताको नेतृत्वमा आइदिएको भए हुन्थ्यो भन्ने सिम्ताली जनताहरूको इच्छा रहेको छ।
विद्यार्थी समयकालदेखि राजनीतिमा सक्रिय मोहन राणा सिम्ताका जनताहरूको हरेक दुःख र सुखका सारथीको भएर परिचित भएका छन् जब सिम्ताका जनताहरूलाई दुःख र पीडा पर्दा सम्झने एकमत्र नाम भनेको मोहन राणा हुन् ।
मोहन राणाले सबै आफ्ना इच्छा आकांक्षाहरू त्यागेर सिम्ताको समाजलाई परिवर्तन गर्ने र समाज र राष्ट्रलाई नयाँ युगमा पु¥याउने संकल्पका साथ राजनीतिक रुपमा सक्रिय छन्।
नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईबाट उनी प्रभावित भएका उनी नेपाली कांग्रेस जनहरूमा भट्टराईको अनुयायीको रुपमा समेत परिचित छन् ।
जेन्जी आन्दोलनको विद्रोह पछि सिम्तामा पनि युवाहरूलाई नेतृत्वमा पु¥याउनु पर्छ भन्ने जनताहरूको चाहना रहेको छ। यो चाहना मोहन राणाबाट मात्र सम्भव हुने भन्ने जनताहरूको भनाइ रहेको छ । २०७९ सालको स्थानीय तहको चुनावमा सिम्तामा नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएको थियो।
नेकपा एमालेका उम्मेदवार ऐनबहादुर चन्दले ६ हजार १ सय ७०मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र राउतले ५,हजार ८सय ५२ मत ल्याएका थिए। ३१८ मतान्तरले नेकपा एमालेका उम्मेदवार ऐनबहादुर चन्दले चुनाव जितेका थिए।
अहिलेको बदलिएको परिस्थितिमा सिम्तामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी संगठनात्मक अवस्था धेरै कमजोर बन्दै गएको र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ दुवै पार्टीका राम्रा छवि भएका नेता कार्यकर्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको र कांग्रेसको नेता कार्यकर्ताहरूको उक्त पार्टीमा कम प्रवेश भएको कारणले गर्दा मोहन राणालाई चुनाव जित्न झन् सजिलो हुने देखिन्छ । अर्कोतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत भइसकेका मोहन राणाप्रति सिम्ताली जनताहरूको आशा र आकर्षण धेरै भएकाले उनलाई चुनाव जित्न समेत सजिलो हुन देखिन्छ।



























