फोटो - क्यान

श्रीलंकामा जारी एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
आइतबार राती सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको हो ।
जितको लागि नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछाएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा मात्रै एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
पाकिस्तानका लागि गुल फिरोजाले सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् ।
त्यसअघि श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित पुरा ओभर खेल्दै छ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । नेपालको लागि कविता जोशीले सर्वाधिक ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे । पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट तथा फातिमा सानाले एक विकेट लिइन ।
पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले हराएको थियो । अब नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन आठ गते भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0