प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताएका छन ।
आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई धन्यवाद दिँदै उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदकाे सदुपयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन-‘‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद” ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्ताव दुई तिहाईले पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0