प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई सांसदको समर्थन पाएका छन ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसद तठस्त बसे । आजकाे बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदकाे समर्थन आवश्यक पर्छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0