साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आज कारोबार रकम पनि रु १५ अर्ब नाँघेको छ । तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0