पुष्पलाल बि.सी.।
साउन ५, सुर्खेत । सिटिजन लाइफ इन्स्योरेन्सले कर्णाली प्रदेशबाट ३ करोड ८७ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
गत आथिक वर्ष २०८०/८१मा कम्पनीले नवीकरण बीमाशुल्क ८ करोड ३ लाख संकलन गरेको जनाएको हो ।

प्रथम बीमा शुल्क र नवीकरण बीमाश्ुल्क गरी कम्पनीले ११ करोड ९० लाखको व्यवसाय गरेको छ ।

कम्पनीका अनुसार कर्णाली प्रदेशमा २९५ जना सक्रिय अभिकर्ता रहेका छन् ।

प्रदेशबाट गोल्ड क्लबामा ३ जना, सिल्वर क्लबमा ५ जना र ब्रोन्ज क्बलमा ११ जना क्वालिफाइ भएको सिटिजन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले जनाकारी दिए ।

प्रदेश प्रमुख भण्डारीकाअनुसार ३३ जना एजेन्सी म्यानेजरहरु मामी खान क्वालीफाइ भएका हुन् । गत आवमा प्रदेशमा ४५२ जना नयाँ अभिकर्ता थपिएको उनले बताए ।

प्रदेश प्रमुख भण्डारीले भने, ‘आ.व २०८०÷८१ हामीले भखरै सकायौ । यस प्रदेशमा हुनुभएका सम्पूर्ण अभिकर्ताज्यूहरूलाइ र बिशेष गरि उहाँहरूलाई र कम्पनीलाइ विश्वास गरेर बीमा गर्नुभएका सम्पूर्ण ग्राहकवर्ग ज्यूहरूमा म आभारी छु र धन्यवाद दिन चाहान्छु ।’

उनले अर्काे वर्ष कम्तीमा दुइ गुणा लक्ष्य लिएर काम गर्न अभिकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0