काठमाडौँ, २७ असार । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ ।

नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0