काठमाडौं । व्यावसायिक कारोबारको रकम अबदेखि व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। यदि जम्मा गरे जरिवाना लाग्ने भएको छ।

सरकारले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐन, २०५८ को दफा ८१क थप गरी व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेको हो।

कुनै पनि व्यक्तिले व्यावसायिक कारोबारबापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाउने व्यवस्था गरिएको छ।

यो व्यवस्था उल्लंघन गरेको पाइएमा प्रत्येक पटकको अनुगमनमा ५ हजार रुपैयाँ वा कुल जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने व्यवस्था गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0