कालीकोट, १२ असार । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताउनुभयो ।

“ भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।”

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताउनुभयो ।

अहिलेको रङ्गीन गलैँचा एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताउनुभयो ।

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0