काठमाडौँ, ९ असार । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

आइतबार नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ ।

आइतबार वित्त समूह पाँच दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0