पुस्पलाल बि.सी. ।
१० असार,सुर्खेत। कालीकोटले मुख्यमन्त्री कप टि टवान्टी क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ।कर्णालीको राजधानी वीरेन्द्रनगरको कालिचोक मैदानमा भएको खेलमा कालिकोटले दैलेखलार्इ पराजित गरेको हो।

वर्षाका कारण १९ ओभरमा झारिएको खेल कालिकोटले दैलेखलार्इ २ विकेटले पाखा लगाएको हो।

पहिले ब्याटिङ गरेको दैलेखले १८ ओभरमा सबै विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।जबाफि ब्याटिङमा उत्रिएको कालिकोटले १८.५ ओभरमा ८ विकेटको क्षेतिमा लक्ष्य पुरा गरेको हो।

यसअघि हिजो भएको पहिलो खेलमा कालीकोट जाजरकोटसंग पराजित भएको थियो।

यसैगरी बिहान वर्षाका कारण पाँच ओभरमा झारिको खेलमा रुकुमपश्चिमले जाजरकोटलार्इ २० रनले हराएको छ।प्रतियोगितामा भोली बिहान जाजरकोट र दैलेख तथा दिउँसो सुर्खेत र जुम्लाबिच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सात जिल्लाको सहभागिता रहेको छ भने समूह एमा रुकुम पश्चिम दैलेख जाजरकोट र कालीकोट रहेका छन।

यस्तै सुर्खेत रहेको समूहबीमा सल्यान र जुम्ला छन। प्रतियोगिताको विजेताले १ लाख १० हजार पाउदाँ उप–विजेतालाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेश क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमामा प्रतियोगिता सञ्चालन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0