सुर्खेत । तुर्माखाँद गाउँपालिका वडा न १ रहफमा युथ पावर युवा क्लबले कार्तिक ३ गते वडास्तरीय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
बिन्द्रासैनी मा.वि. को प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको १ नम्बर वडा कार्यालयको आर्थिक सहयोग हुने बताइएको छ । वडा कार्यालयकोको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा दर्ता शुल्क तीन हजार रहेको क्लबका अध्यक्ष चन्द्र बहादुर शाही बताउनुभयो ।
अध्यक्ष शाहीका अनुसार प्रथम पुस्कार २५ हजार, द्वितीय पुस्कार २० हजार र तृतीय पुस्कार १५ हजार रहेको छ । इच्छुकले टिम दर्ता यहि कार्तिक २ गते ४ बजेसम्म गर्न सकिने क्लबले जनाएको छ । खेलाडीले खाना र बस्नको व्यवस्था आफै गर्नुपर्ने सचिब दिपक बहादुर बुढाले जानकारी दिनुभयो ।
थप जानकारीका लागि वडा अध्यक्ष उपेन्द्र रावल ९८४८२७७२९७ , क्लबका अध्यक्ष चन्द्रबहादुर शाही ९७६२२१०९७५, सचीव दिपक बहादुर बुढा ९८६८२६४४०२ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0