आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज (आइतबार)बाट अष्ट्रेलियामा सुरु हुँदैछ ।

यो पटकको विश्वकपमा १६ राष्ट्र सहभागी भएका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड  खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।

सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन् ।

समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह ‘बी’ को बिजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन् ।

आइतबार समूह चरणका खेलअन्तर्गत समूह ‘ए’ का दुई खेलहरु हुँदैछन् । उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।

आइतबार नै हुने दोस्रो खेलमा समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् ।  
विश्वकपको फाईनल खेल १३ नोभेम्बरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0