राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलिया र इजरायलका लागी  राजदूत नियुक्त गर्नुभएको छ ।
अष्ट्रेलियाका लागि कैलाशराज पोखरेललाई  र इजरायलका लागि  कान्ता रिजाललाई  नेपालको आवासीय राजदूतमा  नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                +1
	        	+1
	        	+1
	        	+1
	        	+1
	        	
            
		






















