आयरल्यान्डसँग भएको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ।

आइतबार राती आयरल्यान्डको भिलेज स्टेडियममा भएको खेलमा भारतले आयरल्यान्डमाथी जित निकालेको हो ।

वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा आयरल्यान्डले दिएको १०९ रनको लक्ष्य भारतले ९.२ ओभरमा मात्रै ३ विकेटको क्षतिमा पुरा गर्‍यो । 

भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए । यस्तै इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे।
आयरल्यान्डका लागी करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित १२ ओभरमा १०८ रन बनायो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६४ रन बनाए । यस्तै लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४/४ रन बनाए । 
भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले  समान एक-एक विकेट लिए ।
यो जितसँगै दुई खेलको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ । दोश्रो खेल भोलि (मंगलबार ) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0