Screenshot

चितवन, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा (एमाले)का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गर्नुभयो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0