माघ ११, सुर्खेत । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको वातावरण बढ्दै गएको छ । सुर्खेतको क्षेत्र नं.१ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु बहादुर खड्काप्रति जनताहरुको आकषर्ण बढ्दै गएको छ । जनताहरुमा लोकप्रिय नेताको रुपमा चिनिएका खड्का क्षेत्र नम्वर एकका जनताहरुको दुःख सुखका सारथीहरुकोरुपमा परिचित छन् ।

स्थानीय तह निर्वाचन २०७९ को मत परिणामाअनुसार क्षेत्र नम्वर १ का नगर प्रमुखहरु र गाउँपालिकाका अध्यक्षहरुले पाएको मतसंख्याको आधारमा खड्काले चुनाव जित्ने आधार धेरै बलियो रहेको छ ।

नेपाली कांग्रेसले ३७,७९६ मत प्राप्त गरेको थियो भन्ने नेकपा एमालेले ३०, ५६२ मत प्राप्त गरेको र हालको नेपाली कम्युनिष्ट पार्टीले १६२४ मत प्राप्त गरेको थियो । यस्तै, राप्रपाले ५४६ मत प्राप्त गरेको र जनमाेर्चाले ३१३ मत प्राप्त गरेको थियो । र स्वतन्त्रले ३४४ मत पाएका थिए ।

२०७९ सालको प्रतिनिधिसभाको चुनावमा समेत नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले ४२,६०७ मत ल्याउदा र नेकपा एमालेका नेता ध्रुवकुमार शाहिले ३०,९८८ मत प्राप्त गरेका थिए ।

२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रहेका खड्काले ११६१९ मत अन्तरले शाहीलाई पराजित गरेका थिए । विभिन्न सर्वेअनुसार विष्णुबहादुर खड्काले ७ हजार मतान्तरले बिजयी हुन देखिएको छ ।

तर, पछिल्लो समय राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेतको क्षेत्र नं. १ मा दुई हजार मत पाउने सक्ने अनुमान गरिएको छ ।

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले एक हजार पाँच सय हाराहारीमा मत ल्याउन सक्ने सर्वेक्षण गरिएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचसयदेखि एक हजारसम्म मत ल्याउन सक्ने पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0