काठमाडौँ, १४ पुस । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।

साेमबार नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।

साेामबार ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साेमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी २३ करोड दुई लाख ४१ हजार ९३६ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0