काठमाडौं । आज सुन चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो।

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६७ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४४ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४२ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0