काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । साेमबार नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएकाे छ ।

मंगलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ६६, विकास बैङ्क एक दशमलव ४७, वित्त दुई दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव २१ र लगानी समूह शून्य दशमलव ८७ प्रतिशतले घटेको छ ।

त्यसैगरी जीवन बीमा एक दशमलव ४४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त शून्य दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा एक दशमलव २१, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ८१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0