काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरेको जानकारी गराइएको छ ।

यही कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिनुभएको हो ।

सरकारका सम्बन्धित निकाय, छानबिन समिति र सुरक्षा निकाय एवं सरोकारवाला पक्षबाट आएका विवरणको अध्ययन तथा विश्लेषणका आधारमा सरकारले उक्त घोषणा गरेको हो ।

गत भाद्र २३-२४ को जेनजी आन्दोलनका क्रममा बिभिन्न स्थानमा मृत्युभएका ७६ जना मध्य अन्य मृतकका हकमा थप अध्ययन-अनुसन्धान भइरहेको सञ्चारमन्त्री खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0