नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
उज्वेकिस्तानको तास्केन्दको मिली रङ्गशालामा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित निकालेको हो ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पुरा गरिन । यस्तै, गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक/एक गोल गरे ।
आजको जितसँगै नेपालले दुई खेलमा ६ अङ्क बटुलेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो ।
अब नेपालले शनिबार समूह चरणको अन्तिममा घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
