कर्णाली प्रदेशमा पहिलोपटक दुर्इ दिने वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, सुरू भएको छ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सिटी हलमा मेला भएको हो ।
रोजगारको खोजीमा रहेकाहरुलाई उनीहरुको रुचि, सीप र क्षमताअनुसार वृत्ति विकासको मार्गदर्शन दिने उद्देश्यले मेलाको आयोजनागरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले जानकारी दिनुभयो ।
मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिलाई एउटै ठाउँमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने, वृत्ति विकाससम्बन्धी परामर्श सेवा, सीपमूलक तालिमहरूको जानकारी र प्रदर्शनी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर, कार्यस्थलमा आधारित निःशुल्क तालिमबारे जानकारी, स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिने उहाँको भनार्इ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
