कर्णाली प्रदेशका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो ।
आज यहाँ आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा उहाँहरूलाई सम्मान एवं पुरस्कार प्रदान गर्नुभयो ।
पुरस्कृत हुने शिक्षकहरूमा कालीकोटबाट चन्द्रप्रसाद कोइराला, यशोधरा शर्मा, कृष्णप्रसाद बराल रहेका रहनुभएको छ । यस्तै, सल्यानबाट जीवनकुमार रावत, धर्मराज घर्ती, बालाराम वली, रुकुम पश्चिमबाट शशीराम विश्वकर्मा, कृष्णराज केसी, लक्ष्मी वली पुरस्कृत हुनुभएको छ । जुम्लाबाट टङ्कबहादुर महत, परेकराज खत्री र आनन्दाकुमारी बोहरालाई सम्मान गरिएको छ ।
यसैगरी हुम्लाबाट धनश्याम शर्मा, गीता हमाल र धनबहादुर ऐडीलाई सम्मान गरिएको छ । डोल्पाबाट प्रकास थापा, नरदेव रोकाय र पद्यमाकुमारी बुढा रहेका छन् । मुगुबाट सुवास रावल, रामप्रसाद सेजुवार, जयपुरा खडका कार्की पुरस्कृत हुनुभएको छ ।
यस्तै, दैलेखबाट पार्वतीकुमारी शर्मा, टेकबहादुर सिजापती र टेकबहादुर विक रहनुभएको छ । सुर्खेतबाट भूपेन्द्रबहादुर सिंह, भोजकुमारी पौडेल र द्धोणराज पाठक, जाजरकोटबाट लक्ष्मी खत्री, जयबहादुर थापा र अच्युुतप्रसाद शर्मालाई पुरस्कृत गरिएको छ ।
सम्मानित शिक्षकलाई जनही रु ३५ हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराएको थियो ।
प्रत्येक जिल्लाबाट माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक÷एक गरी तीन जना छनोट गरिएका थिए । त्यसमा एक जना महिला अनिवार्य गरिएको निर्देशनालयले जनाएको छ ।
