सुर्खेत । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।
शाहीकाे सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयाे ।

अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हो । जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका तीन जना मुखिया हुन्छन् ।

राउटे समुदायमा तीन गोत्र छन् । तीन गोत्र मध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन् । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका-८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन् ।

अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ । राउटेको संख्या घटेर १३५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0