छलफल काँक्रेविहार (सुर्खेत), ८ वैशाखः कर्णाली प्रदेशका दश जिल्लामा अलपत्र परेका योजनालाई सञ्चालन गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल , भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, राज्यमन्त्री गमता विकसहित जिल्लास्थित कार्यालय प्रमुख र निर्माण व्यवसायीहरुको बीचमा छलफल हुँदै । तस्बिरः हेमन्त केसी÷रासस

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।

प्रदेशका दश जिल्लामा वषौँदेखि अधुरै रहेका योजनाको प्रगति निराशाजनक देखिएपछि उहाँले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री कँडेलले प्रदेशका पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, जिल्लास्थित कार्यालय प्रमुखसहित निर्माण व्यवसायीसँग छलफल गर्नुभएको हो ।

ठेक्का लिएर वर्षौँसम्म योजना अधुरै छाड्ने कार्य उचित नभएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले काम नगर्ने भए ठाउँ खाली गर्न व्यवसायीसँग आग्रह गनुभयो ।

मन्त्री बुढाका अनुसार कर्णाली प्रदेशका विभिन्न ठाउँमा ३५ योजना अधुरै अवस्थामा छन् । ठूला आयोजना अधुरै रहँदा प्रदेशको विकास निर्माणमा बाधा पुगेकाले सरोकारवाला सबैलाई एकै ठाउँमा राखेर छलफल गरिएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्षको समय अझै बाँकी रहेकाले तीव्र गतिमा काम गर्न व्यवसायीसँग आग्रह गर्नुभयो ।

प्रदेश सरकार निर्माण व्यवसायीलाई परेको मर्का र समस्या हल गर्न तयार रहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0